काठमाडौं । मांसाहारी व्यक्तिहरुको लागि चिकेन चिल्ली मन लोभ्याउने परिकार हो । चिकेन चिल्ली घरमा सजिलै तरिकाले बनाउन सकिन्छ ।

आवश्यक  समाग्रीहरुः

छाला काढेको कुखुराको मासु ६०० ग्रा.

अण्डा — १ वटा

मैदा — ३० ग्राम

मकैको पीठो — १५ ग्राम

नुन — स्वाद अनुसार

तेल — १/२ लिटर

अदुवा र लसुनको पेष्ट — २ चम्चा

भेडे खुर्सानी — २०० ग्राम

प्याज — १५० ग्राम हरियो

खुर्सानी काटेको — ४ वा ५ वटा

ससको लागिः तेल — १५ मीली लिटर

लसुन पेष्ट — २ चम्चा

भीनेगर — १ चम्चा

खुर्सानीको रातो धुलो — १ चम्चा

सोया सस — १ चम्चा

मरिचको धुलो — १ चम्चा

टमाटो केचप —स्वाद अनुसार

पानी — १०० मीली

बनाउने विधि
– कुखुराको मासु मनपर्ने आकारमा काट्ने र एउटा भाँडोमा राख्नुहोस ।
– त्यसमा अण्डा, मैदा, मकैको पीठो र नुन राखेर मोल्नुहोस् ।
– राम्ररी मोलिसकेपछि कराईमा तेल तताउनुहोस् ।
– तेल तातीसकेपछि सुनौलो रंग आउने गरि राम्रोसंग मोलेको मासु फ्राइ गर्नुपर्छ ।
– फ्राइ गरिसकेपछि एउटा भाँडोमा राख्नुहोस् ।
– राम्रोसंग तेल तताउने र तताइसकेपछि अदुवा, लसुनको पेष्ट र प्याजलाई फ्राइ पनि गर्नुहोस् ।
– फ्राइ गरेको भाँडोमा ग्रीन चिल्ली राख्ने र राम्ररी टुक्रा पारेको भेडे खुर्सानी पनि राख्नुहोस् ।
– त्यसपछि हट सस राख्ने र सुनौलो रंग आउनेगरी फ्राइ गरेको कुखुराको मासु राखेर केही मिनेटसम्म चलाउनु पर्दछ ।
– यति गरेपछि चिकेन चिल्ली खानकालागि तयार हुन्छ ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments