राजविराज । सप्तरीको बोदे वरसाइन नगरपालिका–१ स्थित इलाका प्रशासन कार्यालय नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । बिहान करिब ३ बजेतिर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको  छ ।

बम विस्फोटले केहि मानवीय क्षति नभएपनि प्रशासन कार्यालयसँगै रहेको हरिशंकर साहको किराना पसलमा समान्य क्षति भएको छ । बम विस्फोट बारे यकिन हुन नसकेको र अनुसन्धान भईरहेको सप्तरीका एसपी अनुराग द्विवेदीले जानकारी दिनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments