ताप्लेजुङ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तप्लेजुङका गाउँपालिकाको बोर्ड धमाधम फाल्न थालेको छ ।

गए राति मात्र फक्ताङलुङ गाउँपालिका र आठराइए त्रिवेणी गाउँपालिकाको कार्यालयमा राखिएको बोड तोडफोड भएको छ ।

राति करिब २ बजेतिर आएका व्यक्तिले बोर्ड निकाली काटेर खोल्सामा फोलेको सो गाउँपालिका का प्रमुख रामसुन्दर थापाले बताए ।

उक्त क्षेत्रमा नेकपाको प्रभाव भएको र उनीहरुले सो क्षेत्रलाई निर्वाचन निषेधित क्षेत्र घोषणा गरेकोले घटनामा उनीहरुकै संलग्नता भएको ताप्लेजुङका डीएसपी रामबहादुर केसीले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments