मेलबर्न । अष्ट्रेलियाले नेपाललाई करिब साढे २ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । केही दिनअघि सार्वजनिक भएको अष्ट्रेलियाको ०१७/१८ को बजेटमा उक्त सहयोग घोषणा गरिएको हो ।

अनुदान रकमलाई विभिन्न शिर्षक जस्तै शिक्षामा ८५ करोड ७६ लाख ३५ हजार २ सय ८४ रुपैयाँ, व्यापार र पूर्वाधार विकासमा ५९ करोड ४९ लाख ३६ हजार १ सय ८८, प्रभावकारी प्रशासनमा ४० करोड ९५ लाख, स्वास्थ्यमा २३ करोड १७ लाख ९३ हजार, कृषिमा २३ करोड १७ लाख ९३ हजार, सबल अर्थतन्त्रका लागि ९ करोड २७ लाख १७ हजार र साधारण विकास सहायताअन्तर्गत ४ करोड ६३ लाख ५८ हजार रुपैयाँ छुट्टाइएको छ । यस बाहेकको रकम नेपाल सरकारको बास्केट फण्डमा जानेछ ।

अष्ट्रेलिया सरकारले नेपालको शिक्षा, स्वास्थ्य लगायतमा सहयोग पुग्ने विश्वासले वैदेशिक सहायता कार्यक्रमअन्तर्गत उक्त रकम प्रत्येक वर्ष दिंदै आएको छ । गत वर्ष अष्ट्रेलियाले नेपाललाई २ अर्ब ४४ करोड १५ लाख ५६ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेता पनि महाभूकम्प गएपछि राहत र पुनर्निर्माणको लागि सहयोगलाई वृद्धि गरेर २ अर्ब ७० करोड ४२ लाख ५५ हजार रुपैयाँ पुर्याएको थियो । यस वर्ष अष्ट्रेलिया सरकारले वैदेशिक सहायतामा निकै कटौती गरेको भए पनि नेपाललाई दिँदै आएको सहयोग भने कटौती गरेको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments