काभ्रे । काभ्रे जिल्लाको ६ नगरपालिकासहित सबै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ ।

पछिल्लो परिणामअनुसार बनेपा नगरपालिकामा एमाले र पाँचखाल नगरपालिकामा काँग्रेस निर्वाचित भएको छ ।
बनेपामा एमालेका लक्ष्मी नरसिंह बादे ११ हजार ४ सय ९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यस्तै, उपमेयरमा एमालेकै रेखा सापकोटा दाहाल ११ हजार २ मत ल्याएर विजयी हुनु भएको छ ।

यसैगरी, काभ्रेको पाँचखाल नगरपालिकामा नेपाली काँग्रेसका महेश खरेल विजयी हुनु भएको छ । उहाँले ७३५६ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

पाँचखाल नगरपालिकाको उपमेयरमा काँग्रेसकै लक्ष्मी दनुवार ७ हजार २६ मत ल्याएर विजयी हुनु भएको छ ।

यता, काभ्रेको चौंरी देउराली गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दिनानाथ गौतम ३९१४ मत ल्याएर विजयी हुनु भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments