एजेन्सी । रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि होडमा बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् ।

ला लिगा अन्तर्गत बुधबार राति सेल्टा डी भिगोसँगको खेलमा रोनाल्डोले दुई गोल गरेपछि रियल ४–१ ले विजयी भयो । खेलमा दुई गोल गरेका रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

उनले इंग्लिस प्रिमियर लिग र ला लिगामा गरी ३६७ गोल गरेर युरोपका शीर्ष पाँच लिग मध्ये सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।

रोनाल्डोले सन् १९७१ मा इंग्ल्याण्डका पूर्व स्ट्राइकर ग्रेएवेसले बनाएको कीर्तिमान भंग गरेका हुन् । चेल्सी, एसी मिलान, टोटनह्याम तथा वेष्ट ह्यामका पूर्व स्ट्राइकर जिम्मी ग्रेएभेसले लिगमा ३६६ गोल गरेका थिए ।

सर्वाधिक गोलकर्ताको सूचिमा तेस्रो स्थानमा ३६५ गोल गरेका बार्यन म्युनिखका गेर्ड मुलर छन् । ३४६ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सी चौंथो स्थानमा छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments