काठमाडौं । स्पेनिस ला लिगा लिग अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ४–१ ले हराएर शीर्ष स्थानमा उक्लिएको छ ।

जितको लागि क्रिष्टियानो रोनाल्डोले दुई तथा करिम बेन्जिमा र टोनी क्रसले एक एक गोल गरे ।

लिगका एक खेल बाँकी हुँदा मड्रिड ९० अंक सहित उपाधिबाट अब एक अंक मात्रै पछि छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ८७ अंक छ ।

लिगको अन्तिम खेलमा बराबरी गरेपनि रियल मड्रिडले उपाधि जित्ने छ । पछिल्लो पटक रियलले सन् २०१२ मा उपाधि जितेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments