एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री रिमा लागूको निधन भएको छ । लागूको ५९ वर्षको उमेरमा ह्रदयघातका कारण मृत्यु भएको चिकित्सकले जानकारी गराएका छन् ।

बुधबार अबेरसम्म स्टार प्लस च्यानलबाट प्रसारित भैरहेको टेलिचलचित्र ‘नामाकरण’को छायांकन सकेर लागू घर गएकी थिइन् ।  राती १ बजे उनले छाती दुखेको बताएपछि परिवारका सदस्यले मुम्बईस्थित कोकिलाबाई धीरुभाई अम्बानी अस्पताल पुर्याएका थिए । तर रिमालाई बचाउन चिकित्सकको प्रयास सफल हुन सकेन । राती तीन बजेर पन्ध्र मिनेट जाँदा उनको निधन भएको अस्पतालले जानकारी दिएको थियो ।

सन् १९७० को अन्त्यतिर मराठी र हिन्दी चलचित्रबाट रिमाले क्यारियर सुरु गरेकी थिइन् । अन –स्क्रिन आमाको रुपमा निकै नै चर्चित रिमाले मैने प्यार किया , हम आपके हे कौन , कुछ कुछ होता है जस्ता चर्चित चलचित्रमा अभिनय गर्नुभएकोे थियो ।

रिमाले सलमान खानको आमाको भूमिकामा सबैभन्दा बढी ११ चलचित्रमा सँगै काम गरेकी छिन् । यस्तै लोकप्रिय टेलिसिरियल ‘तू तू मै मै’, श्रीमान श्रीमती लगायतमा समेत काम गरेकी थिइन् ।

अकस्मात भएको उनको निधनलाई बलिउडमा अपूर्णीय क्षतिको रुपमा लिइएको छ । उनको मृत्युको खबर सुनेपछि बलिउडका हस्ती आमिर खान, महेश भट्ट लगायत अन्तिम श्रद्धाञ्जली दिन पुगेको थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments