काठमाडौं । स्थानीय तह निर्वाचनको मत गणनामा काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेले भारी मत अन्तरले अग्रता कायम राखेको छ ।

एमालेका विद्यासुन्दर शाक्य ३ हजार ७ सय ८४ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

उहाँलाई कांग्रेसका राजुराज जोशीले २ हजार ३ सय ८३ मतका साथ पछ्याइरहनु भएको छ । एमालेका शाक्य कांग्रेसका जोशी भन्दा १४०१ मतले अघि हुनुहुन्छ । काठमाडौं महानगरपालिकाको ११ वटा वडाको मतगणना अहिले जारी छ ।

काठमाडौं महानगरपालिका (मेयर)
एमाले–विद्यासुन्दर शाक्यः ३७८४
कांग्रेस–राजुराज जोशीः २३८३
विवेकशील नेपाली–रञ्जु न्यौपानेः १४२७
साझा पार्टी–किशोर थापाः १०११

Comments

comments