एजेन्सी । फ्रेन्च लिग वानको उपाधि मोनाकोले जितेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा सेन्ट इटिएन्नेलाई २–० ले हराउँदै एक खेल बाँकी हुँदै मोनाकोले उपाधि जितेको हो ।
मोनाकोले १७ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । मोनाकोलाई जिताउन केलियन एमबाप्पे र भालेरे जर्मेनले एकएक गोलको योगदान गरे । उपाधि पक्का गरेको मोनाकोको एक खेल बाँकी हुँदा ९२ अंक भएको छ । दोस्रो स्थानमा रहेको पेरिस सेन्ट जेर्मनको ८६ अंक छ ।

Comments

comments