मेलबर्न । अष्ट्रेलियाको एक परिवारले पालेको बिरालोको फोटो देख्दा सबैले फोटोसप गरिएको ठान्छन् । तर ती फोटोहरु फोटोसप नगरिएका वास्तविक बिरालोको फोटोहरु हुन् ।

अष्ट्रेलियाको मेलबर्नमा स्टेफी हर्स्टको दम्पतीले पालेको बिरालो ‘ओमर’ तीन वर्षको भयो । उक्त बिरालोको तौल हाल १४ के.जी छ भने उसको लम्बाई १२० सेन्टिमिटर रहेको छ । गिनिज वर्ल्ड रेकर्डमा ११८ सेन्टिमिटर लम्बाई भएको बिरालोलाई अहिलेसम्म संसारको सबै भन्दा लामो बिरालोको रुपमा दर्ता गरिएको छ । ईन्टरनेटमा ओमरको फोटोहरु देखेपछी गिनिज वर्ल्ड रेकर्डले सम्पर्क गरेको र यसको प्रमाणीकरण प्रक्रिया चलिरहेको स्टेफीले जानकारी दिएको छिन् ।

स्टेफीका अनुसार ओमर सानो छँदा सामान्य शारीरिक बनावटको थियो । पछि उसको शरीर बढ्दै गएको हो । ओमारको मन पर्ने खाना कंगारुको मासु हो भने उसको विशेषता भनेको उसले घरको ढोका, रेफ्रिज्रेटर, दराज आदिको ढोकाहरु आफै खोल्न, लाउन जानेको छ ।

उचाल्न गाह्रो पर्ने ओमरको रेकर्ड निश्चित हुनको लागि भने १२ हप्ता लाग्ने बताईएको छ । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments