मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा युवाहरुको सीप दक्षतामा अभिवृद्धि गरि जागिरको लागि सहयोग गर्ने उद्देश्यले ‘बरिस्ट ट्रेनिंग’ को आयोजना गरिएको छ । तालिमले युवाहरुलाई कफीशपको क्षेत्रमा करियर विकास गर्न तथा व्यक्तित्व विकासमा मद्दत गर्नेछ ।

२२ मे २०१७ मा हुने ट्रेनिंगको घोषणा गरेको चौबिस घण्टा भित्रमै तोकिएको सहभागी संख्या पुगिसकेको आयोजक मध्येका सरोज खनालले जानकारी दिनुभयो । सहभागीहरुको उत्साह र विद्यार्थीहरुको यस कार्यक्रम तर्फको रुचिले छिट्टै यसकै अर्को सेसन सुरु गर्ने बारे समेत सोंच बनाईसकेको उहाँले बताउनुभयो । साथै खनालले यस सेसनमा छनोट भएका सहभागीहरुलाई शुक्रबार भित्रमा आयोजकले सम्पर्क गर्ने बताउनुभएको छ ।

यो नि:शुल्क ट्रेनिंग पेङ्गुइन रेस्टुरेन्टमा बेलुका साढे सात बजेदेखि साढे दश बजेसम्म हुने बताईएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments