काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा बसेर संगीतमा उच्च शिक्षा हासिल गरिरहेका मनिष ढकालको स्वर रहेको ‘तिलहरी’ नामक गीत नेपालमा युट्युब ट्रेन्डिंगको पहिलो स्थानमा रहन सफल भएको छ । गायक ढकालले यसअघि गाएको ‘परदेशी नभन’ गीत पनि लोकप्रिय भएको थियो ।

उनको पहिलो गीत ‘परदेशी नभन’ मा जस्तै ‘तिलहरी’ मा पनि काली प्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको छ । काली प्रसादको अघिल्लो लोकप्रिय गीत साइँलीमा उठाएको वैदेशिक रोजगारीको विषयवस्तुलाई यस गीतमा समेत मूख्य विषयवस्तु बनाईएको छ।

यस गीतको म्युजिक भिडियोमा रेशम फिलिलीका कलाकार कामेश्वर चौरासिया र नाटक क्षेत्रबाट फिल्म क्षेत्रमा प्रवेश गर्दै गरेकी लक्ष्मी बर्देवाको अभिनय रहेको छ । गीतको संयोजन पक्षमा रिकेश गुरुङ र प्रदीप जोशी रहेका छन् ।

गीत अनुसार उत्कृष्ट बनेको यस म्युजिक भिडियोको निर्देशन निकेश खड्का तथा सम्पादन निशान घिमिरेले गरेका हुन् भने क्यामरामा उत्सव ढकाल रहेका छन् ।

Comments

comments