काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २४ वर्ष पुगेको छ ।

मदन आश्रित स्मृति दिवसमा बुधवार एमाले निकटस्थ भातृ संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो ।

रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका  छैनन् । दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना थप रहस्यमय बन्न पुगेको छ ।

कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो । मदन भण्डारीको विचार र सिद्धान्तलाई एमालेले मात्र नभएर अरु पार्टीहरुले समेत प्रशंसा गर्दै आएका छन् ।

Comments

comments