प्रमुखरअध्यक्ष तथा सदस्यको शपथग्रहण व्यहोरा –

‘म…. मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छुरईश्वररदेश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै गाउँ कार्यपालिकाको अध्यक्ष÷उपाध्यक्ष÷सदस्य÷गाउँपालिकाको वडाध्यक्ष÷वडा समितिको सदस्य÷ नगरकार्यपालिकाको प्रमुख÷उपप्रमुख÷सदस्य÷नगरपालिकाको वडाध्यक्ष÷वडा समितिको सदस्य÷जिल्ला समन्वय समितिको प्रमुख÷उपप्रमुख÷सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारिताका साथ गर्नेछु ।’

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको शपथग्रहणको बाटो खुलेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन नियमावली ०७३ संशोधन गरी शपथग्रहणको व्यवस्था गरेको हो । दोस्रो चरणको निर्वाचनबाट निर्वा्चित जनप्रतिनिधिले पनि सोही कानुनअनुसार शपथ गर्ने भएका छन् ।

स्थानीय शासन ऐनको विधेयक संसद्मा विचाराधीन छ । ऐन पारित नभएकाले निर्वाचित प्रतिनिधिले तत्कालै जिम्मेवारी नपाउने अवस्था थियो । अब जनप्रतिनिधिले शपथग्रहणको कानुनी व्यवस्था गरिएकाले समस्या नरहेको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए । संशोधित नियमावली राजपत्रमा समेत प्रकाशित गरेर कार्यान्वयनमा ल्याइएको सचिव मैनालीले जानकारी दिए । निर्वाचन आयोगले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयसँग समेत समन्वय गरी स्थानीय तह निर्वाचन नियमावली संशोधन गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

निर्वाचित भएको तीन दिनभित्र शपथ

निर्वाचन आयोगका सचिव मैनालीका अनुसार संशोधित नियमावलीअनुसार नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षले निर्वाचन परिणाम प्राप्त भएको सामान्यतः तीन दिनभित्र सम्बन्धित निर्वाचन अधिकृतसँग पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ । नगरपालिकाका प्रमुुख तथा गाउँपालिकाका अध्यक्षहरूले शपथ लिएपछि वडा समितिका सदस्यहरूले प्रमुख तथा अध्यक्षसँग पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

गाउँ कार्यपालिका वा नगर कार्यपालिकाका महिला र दलित वा अल्पसंख्यकतर्फबाट निर्वाचित सदस्यले निर्वाचनसँग पद तथा गोपनीयताको शपथ लिनुपर्ने प्रावधान छ । तर, नगरपालिका र गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिद्वारा निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखले भने जिल्ला न्यायधीशबाट शपथग्रहण गराउने व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिका सदस्यले जिल्ला समन्वय समितिको प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ ।

३१ वैशाखमा भएको २ सय ८३ वटा स्थानीय तहमा १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचन नियमावलीलाई संशोधन गरी शपथग्रहणको व्यवस्था गरिएकाले अब जनप्रतिनिधिले निर्वाचित भएर आएलगत्तै काम गर्न सक्ने वताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments