काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मेयर र उपमेयरसहित एमाले विजयी भएको छ ।

नगरपालिका मेयरमा एमालेका ओमबहादुर बुढा १६०९ मत ल्याएर विजयी हुनु भएको हो । निकटतम प्रतिद्वन्द्वी दिलबहादुर विष्टले १५९१ मत प्राप्त गर्नु भयो ।

यस्तै, उपमेयरमा पनि एमालेकी चन्द्राकुमारी बुढा विजयी हुनु भएको छ । एमालेकी चन्द्राकुमारीले १८४५ मत प्राप्त गर्नुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बुद्धकुमारी शाहीले १०६१ मत प्राप्त गर्नुभयो ।

नगरपालिकाको ११ वडामध्ये एमालेले ५ वटा वडामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले चार वडामा जित हासिल गरेको छ भने माओवादी केन्द्रले दुई वटामा जितेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments