पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा १ सय १ मतपत्र हराएपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

स्थगित हुनुभन्दा अघिसम्म सार्वजनिक भएको मतपरिणामअनुसार मेयर पदमा एमालेका उम्मेदवार मानबहादुर जिसीले अग्रता लिनु भएको छ । उहाँले ४ हजार ८ सय ५१ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी नेपाली काँग्रेसका रामजी कुँवरले ४ हजार ५ सय ८९ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, एमालेबाट उपमेयर पदमा मञ्जुदेवी गुरुङ ४ हजार ५ सय ४५ मतले अग्रस्थानमा हुनुहुन्छ भने काँग्रेसबाट सरस्वती गुरुङ ४ हजार १ सय ५१ मतले दोस्रो स्थानमा हुनुहुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments