सिन्धुपाल्चोक। त्रिपुरासुन्दरी गाउँपालिका–१ मा कांग्रेसका ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् । साबिक घोर्थलीको ४ देखि ९ वडासम्म त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ मा पर्छ ।

खड्का २७१ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले १४३ मत पाएका छन् । ८० वर्षमा पनि उनी निकै फुर्तिला छन् । उमेर ढल्कँदै गएपछि राजनीतिबाट बिस्तारै निष्क्रिय बनेका उनी स्थानीय तहको निर्वाचन हुने थाहा भएपछि सक्रिय भएका थिए ।

विजयी भएपछि खड्काले समर्थक लिएर भव्य विजय र्यालीसमेत निकालेका छन् । १५ वर्षको उमेरमै पञ्चायतको राजनीति गरेका खड्का ०४८ देखि कांग्रेसमा सक्रिय थिए । उनले पञ्चायतकालमा पनि दुईपटक वडाध्यक्ष जितेका थिए । ०३५ र ०४२ को पञ्चायती चुनावमा उनले घोर्थली वडा नम्बर ९ र ७ मा वडाध्यक्ष जितेका थिए । घोर्थलीबाट कालिञ्चोकसम्म सडक जोड्ने कर्णबहादुरको सपना रहेको उनका छोरा घिउकाजीले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments