सुर्खेत । सुर्खेतमा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म १२ वडामा नेपाली काँग्रेस, १० वडामा एमाले र ५ वडा माओवादी केन्द्रले जित हासिल गरेको छ । नेपाली काँग्रेसले विजयी भएको नगरपालिकाका वडाहरु भेरीगंगा नगरपालिकाका ३, गुर्भाकोटमा २, पञ्चपुरीमा ३ र लेकवेशीमा २ वडा रहेका छन् ।

यस्तै, गाउँपालिकाहरुमा चिंगाडमा २, बराहमा १ र चौकुनेमा १ वडामा विजयी भएको छ । नेकपा एमालेले नगरपालिकाहरुमा वीरेन्द्रनगरमा १, गुर्भाकोटमा २, पञ्चपुरीमा १ र लेकवेशीका २ वडामा विजयी भएको  छ । गाउँपालिकाहरुमा भने सिम्ता र बराहमा १÷१ र चौकुनेका २ वडामा विजयी भएको छ । नेकपा माओवादी केन्द्र भेरिगंगा र लेगवेशी नगरपालिका एक एक वडामा विजयी भएको छ । गाउँपालिकाहरुमा माओवादी केन्द्रले बराहमा २ र चिंगाडको १ वडामा जित हासिल गरेको छ ।

नेपाली काँग्रेसले भेरिगंगा र गुर्भाकोट नगरपालिका तथा चिंगाडमा अग्रता लिएको छ । तर नेकपा एमालेले चौकुने र सिम्ता गाउँपालिका तथा नगरपालिकाहरुमा वीरेन्द्रनगर, पञ्चपुरी र लेकवेशीमा अग्रता लिएको छ । तर माओवादी केन्द्रले बराहताल गाउँपालिकामा अग्रता लिएको छ ।

Comments

comments