मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्याण्ड ‘नेपथ्य’ को संगीत गुन्जिने भएको छ। यती फुटवल क्लबको आयोजना र सोलाङ्चर इभेन्टस् कम्पनिको व्यवस्थापनमा मेलबर्नमा ‘नेपथ्य लाइभ इन मेलबर्न’ हुन लागेको हो ।

आगामी जूलाई ८ तारिख शनिवारका दिन मेल्वर्नको साउथ ब्याङ्क स्थित द प्लानेटसेकियर्स सेन्टरर्मा ‘नेपथ्य लाइभ इन मेल्वर्न’ कार्यक्रम हुनेछ । यति फुटबल क्लब र सोलाङ्चरका सदस्यहरुले हिजो पत्रकार सम्मेलन गरि नेपथ्यको कन्सर्टको पोष्टर सार्वजनिक गर्दै कार्यक्रम सम्बन्धि जानकारी दिएका थिए ।

आयोजकका अनुसार उक्त लाईभ कन्सर्टमा १२ वर्षभन्दा मुनिका बालबालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रमको लागि पहिलो रिलिजमा टिकट बुक गर्नेलाई विशेष छुट सहित ३५ डलर , सेकेण्ड रिलिजलाई ४० डलर र कन्सर्टकै दिन ढोकामा गएर किन्नेलाई ५० डलरको दरले प्रवेश शुल्क तोकिएको छ । मेल्वर्नको सिबीडिमा रहेको सुविधायुक्त हलमा सहभागीहरु नेपथ्यको संगीतमा झुम्न र नाच्न सक्नेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै यती फुटवल क्लबका म्यानेजर कर्ण रानाले नेपथ्यको यो कन्सर्ट भव्य बनाउन र कार्यक्रमको दिन दर्शकहरुको सुविधा व्यवस्थापन गर्नको निम्ति आयोजककोतर्फबाट सक्दो प्रयास गर्ने बताए । साथै उनले सोलाङ्चर जस्तो अनुभवी र दक्ष इभेन्टस् कम्पनिसंग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । त्यस्तै कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएका सोलाङ्चर इभेन्टस्को निर्देशक राजु शाक्यले आफूले सधै सहकार्यमा विश्वास राख्ने र यति क्लबसंग मिलेर गर्न लागेको यो कार्यक्रम सफल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

यस अघि पनि २०१२ सालमा सोलाङ्चरले नेपथ्य बाण्डलाई मेल्वर्न ल्याएको थियो भने २०१५ मा यति फुटबल क्लबले पनि मेल्वर्नमा नेपथ्य कन्र्सट गरेको थियो । अघील्लो पटक २०१५ मा नेपालमा महाभूकम्प गएका कारण कार्यक्रममा उल्लास छाएको थिएन। त्यतिबेला नेपथ्यसंग झुम्न नसकेका दर्शकहरुले यसपाली मन खोलेर उल्लासका साथ नेपथ्यको सगीतमा नाच्न पाउने भन्दै सम्पूर्ण मेलवर्नवासीलाई यति फुटबल क्लबका सुदिप मास्केले सहभागिताको लागि अनुरोध गरेका छन्।

‘नेपथ्य’ नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय नाम हो । नेपाली लोकभाका र रक संगीतलाई मिश्रण गरेर संगीतको नयाँ स्वाद पस्किने नेपथ्यले मुलुक युद्धमा फसेको बेलादेखि आफ्नो प्रस्तुतिलाई शान्तिको आव्हानतर्फ मोडेका थिए । नेपथ्यले संगीतका माध्यमबाट चेतनाको प्रसार गर्दै आएको छ । यही कार्यलाई निरन्तरता दिंदै देशको राजनीति, द्वन्द र सामजिक उथल पुथलको प्रभावमा परेका बालबालिकाहरुलाई सहयोग गर्न र उनीहरुको अधिकारको पक्षमा बोल्न यो सांगीतिक समूहले ‘शान्तिको लागि शिक्षा’ अभियान सुरु गरेको थियो । सन् २००२ देखि उनीहरुले देशको कुना कन्दरा तथा विदेशमा पुगेर यो अभियानलाई व्यापकता दिंदै आएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments