सिन्धुली । सिन्धुलीको मरिन गाउँपालिकाको चार वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । मरिन गाउँपालिकाको क्रमशः १ देखि ४ नम्बर वडामा माओवादी केन्द्र प्यानल नै बिजयी भएको छ । मरिन १ नम्बर वडामा माओवादी केन्द्रका हिरा गुर्मछान प्यानल, २ नम्बर वडामा माओवादी केन्द्रका चन्द्रलाल गौतमको प्यानल, ३ नम्बर वडामा माओवादी केन्द्रका विमर्स मोक्तान प्यानल र ४ नम्बर वडामा धनबहादुर स्याङतान प्यनल बिजयी भएको छ ।

अन्य वडामा बाकी वडामा समेत माओबादी केन्द्र अग्रस्थानमा देखिएको छ । गाउँप्रमुखमा समेत माओवादी केन्द्रका उमेद्धवार पानिराज बम्जन भारी मत सहित अग्रस्थानमा रहेको छ । यस्तै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको १ र २ नम्बर वडामा पनि माओवादी केन्द्र विजयी भएको छ ।

हरिहरपुरगढी १ नम्बर वडामा माओवादी केन्द्रका उमेदवारले ६६६ मतसहित विजयी भएका छन् भने नेकपा एमालेका उम्मेदवारले ६४८ मत र नेपाली कंग्रेसका उम्मेदवारले ३९० मत प्राप्त गरे । यस्तै, २ नम्बर वडामा पनि माओवादी केन्द्रका उमेदवार विजयी भएको जनाइएको छ ।

Please follow and like us:

Comments