सल्यान । सल्यान जिल्लाका नौ वटा स्थानको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणामअनुसार माओवादी केन्द्रले ११ वटा वडा, नेपाली काँग्रेसले ४ वडा र नेकपा एमालेले एउटा मात्रै वडामा जित हात पारेको छ ।

माआवादी केन्द्रले कपुरकोट गाउँपालिका–१ मा बालाराम खड्काको नेतृत्वमा सिंगो प्यानल, ढोरचौर गाउँपालिका १ मा रामबहादुर बस्नेतको नेतृत्वमा पुरै टिम, ढोरचौर गाउँपालिका २ मा रुद्रबहादुर बुढाथोकीको नेतृत्वमा पुरै टिम,

दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम, दार्मा गाउँपालिका ६ मा रामबहादुर केसीको नेतृत्वमा माओवादी केन्द्रका पुरै प्यानल विजयी भएको छ ।

यस्तै माओवादी केन्द्रले बागचौर नगरपालिका १२ मा वडा अध्यक्षमा दीपक वलीसहित पुरै प्यालनले विजय हासिल गरेको छ ।  शारदा नगरपालिका–१ बाट नेकपा एमालेका नवराज बुढाथोकी वडा अध्यक्षसहित पुरै एमालेको प्यानल विजयी भएको छ ।

यस्तै नेपाली काँग्रेसले बागचौर नगरपालिका १ मा नेत्रप्रसाद डाँगीसहित पुरै प्यानलमा विजय हासिल गरेको छ । क्षत्रेश्वरीमा गाउँपालिकामा काँग्रेसका  नेवबहादर शाहसहित सबै प्यानल विजयी भएको छ भने कालीमाटी रामपुर ७ मा पनि नेपाली काँग्रेसका  नयनसिं रानाको प्यानल विजयी भएको छ ।

यस्तै, बागचौर नगरपालिका– ११ मा मोहन खड्का, छत्रेश्वरी गाउँपालिका– २ बाट प्रेम खड्का, कपुरकोट–२ मानबहादुर राना, रामपुर ६ मा टेकबहादुर पुलामी निर्वाचित हुनु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments