काठमाडौं । काठमाडौं महानगरको मतगणनाको सुरुवात वडा नम्बर १ को मतपेटिकाबाट गरिएको थियो । त्यस क्रममा मतपत्र भुइँमा राखेपछि मिलाउने क्रममा मार्करले लेखिएको एउटा सेतो कागज भेटियो । त्यसमा लेखिएको थियो, ‘राइट टुव रिकल –प्रत्याह्वान) र रिजेक्टको व्यवस्था गर्न अनुरोध छ ।’ 

यो कागज भेटिएपछि निर्वाचन अधिकृतले मतगणनामा बसेका सबै दलका प्रतिनिधि र उम्मेदवारलाई देखाए । उम्मेदवारहरु मुसुमुसु हाँसे ।

मतदाताहरुलाई आफ्नो मत कसैलाई नदिने स्वतन्त्रता पनि हुनुपर्छ भन्ने लोकतान्त्रिक पद्धतिको मान्यता छ । त्यो मान्यताअनुसार अन्य मुलुकहरुमा पनि मतदाताले कसैलाई मत नदिने अधिकार दिइएको हुन्छ । यही अधिकारको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले ‘नो भोट’ को व्यवस्था राख्नु उपयुक्त हुने फैसला गरेको थियो । तर स्थानीय तहको चुनावमा यस्तो प्रावधान राखिएन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments