चितवन । चितवनको भरतपुर महानगरपालिकाको सय मत गन्दा नेकपा एमालेले अग्रता लिएको छ । भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिनुभएको छ ।

ज्ञवालीले ४९ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट मेयरमा उम्मेदवार दिनुभएकी रेणू दाहालले ४१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरको उम्मेदवार बनेको बद्रि तिमिल्सीनाले खाता मात्रै खोल्दै एक मत प्राप्त गर्नुभएको छ ।

महानगरको उपमेयरमा पनि एमाले अग्र पंक्तिमा रहेको छ । एमालेको तर्फबाट उम्मेदवार बनेको दिव्य शर्मा आचार्यले ४३ मत पाउनु भएको छ । भने नेपाली काँग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवारको रुपमा रहेकी पार्वती शाहले ३६ मत मात्रै प्रप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयरको उम्मेदवार बनेकी रिना गुरुङले भने तीन मत प्राप्त गर्नुभएको छ ।

Comments