धादिङ । बेनीघाटमा उम्मेदवारी फिर्ता लिएका उम्मेदवारको चुनाव चिन्हमा समेत मतदान भएको छ । काँग्रेस र माओवादी केन्द्रको तालमेल भएको वेनीघाटमा काँग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएका थिए ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. १ बाट उम्मेदवार नै नभएको चुनाव चिन्हमा ५३६ मत खसेको छ । एमाओवादी केन्द्रले  उम्मेदवारी नदिएको उपाध्यक्षमा २ सय ६८ र अध्यक्ष पदमा उम्मेदवारी नदिएको नेपाली काँग्रेसको चुनाव चिन्हमा २ सय ६८ मत  खसेको छ ।

बेनिघाट रोराङ गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस संयुक्त चुनावी मैदानमा गएका थिए । माओवादीका तर्फबाट अध्यक्षका उम्मेदवार हरि डल्लाकोटी र उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट देवीप्रसाद सिलवाल उम्मेदवार बनेका थिए । संयुक्त उम्मेदवार भए पनि माओवादी केन्द्रको अध्यक्षमा ३ सय र उपाध्यक्षमा २ सय ६८, नेपाली काँग्रेसको अध्यक्षमा २ सय ६८ र उपाध्यक्षमा ३ सय १ मत पाउनु भएको थियो ।

बेनिघाट गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नन्दु तामाङले २ सय ९२ मत ल्याई विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार जीवनकुमार तामाङको पक्षमा  २ सय ७६ मत खसेको छ ।  नेकपा एमालेका उम्मेदवार हिरालाल तामाङले २ सय ३९ मत प्राप्त गर्नुभएको छ ।

Please follow and like us:

Comments