सल्यान । सल्यानमा नेकपा एमालेले खाता खोलेको छ । शारदा नगरपालिका १ मा एमालेका उम्मेदवार नबराज बुढाथोकी विजयी हुनुभएको हो ।

जित सँगै एमालेले सल्यानमा खाता खोलेको छ । एमालेका उम्मेदवार नबराज बुढाथोकीकोे प्यानल नै बिजयी भएको हो । महिला सदस्य हिमा शर्मा, दलित महिला सदस्य इन्द्राकुमारी बिक, खुला सदस्य गणेश बुढाथोकी र शंकरप्रसाद घर्तीै बिजयी हुनुभएको  हो ।

यसैबिच
सल्यानको कपुरकोट गाउँपालिका १ मा वडा अध्यक्ष सहित सबै सदस्य पदमा नेकपा माओवादी केन्द्रले जीत हात पारको छ  । वडा अध्यक्ष माओवादी केन्द्रका बालाराम खड्का ४०० मत ल्याएर विजयी भएका छन् । अरु ४ वटै सदस्य पद पनि माओवादी केन्द्रले जीतेको छ । एमालेको तर्फबाट वडा नम्बर १ का अध्यक्षका उम्मेद्धार तेज बहादुर रानाले ३ सय ३० मत ल्याएका छन् भने काँग्रेसका चन्द्र बहादुर घर्तीले ३२ मत ल्याएका छन् । यस वडामा काग्रेसले माओवादीलाइ समर्थन गरेको थियो ।

यता कुमाख गाउँपालीकामा भने १ नम्बर वडाकोे चुनाब स्थगीत भएकाले सो वडामा चुनाव भएपछि मात्रै गाउँपालीको मत गनणा हुने छ भने अरु सबै वडाको मत पेटीका गाउँपालीकाको केन्द्रमा ल्याएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments