पर्वत । पर्वतमा स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा सवै क्षेत्रमा मतगणना सुुरु भएको हो ।

सबै तहका केन्द्रहरुमा मत गणना सुरु भएको भएपनि प्रारम्भिक मतगणना भने आउन सकेको छैन । जिल्लाका कुस्मा नगरपालिका, फलेवास नगरपालिकामा भर्खरै मात्र मतगणना शुरु भएको छ भने विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा भने केही समय पहिलादेखि मतगणना भएको जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माले जनाकारी दिनुभयो ।
कुल ९९ हजार २ सय ४३ मत मध्ये ६९ हजार १ सय ५४ ७५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यलय पर्वतले जनाएको छ ।

Comments

comments