काठमाडौं । बीस वर्षपछि भएको स्थानीय तह निर्वाचन अन्तर्गत आइतवार सम्पन्न मतदानको मत गणना अहिले जारी छ ।
काठमाडौं महानगरपालिकाको मत गणना अहिले जारी छ । शुरुमा वडा नम्बर १ र ३२ को मत गणना शुरु गरेको छ । मतपेटिकामा राइट टु रिजेक्ट र राइट टु रिकल लेखिएको पर्चा भेटिएको छ । उता पोखरा लेखनाथ महानगरपालिकामा पनि मतगणना शुरु भएको छ ।
सुर्खेतको लेकबेँसी नगरपालिकामा मेयरमा वडा नं १ मा मानबहादुर पुन सहित एमाले प्यानल बिजयी हुनुभएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकामा भने माओबादी केन्द्रका नवराज कार्की विजयी हुनुभएको छ । जाजरकोट बोराकोट १ मा पनि शशीराम गौतम सहित माओबादी केन्द्रको प्यानल विजयी भएको छ ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा वडा नं १ मा एमालेका श्रीकृष्ण श्रेष्ठ प्यानल सहित बिजयी हुनुभएको छ । धादिङको नेत्रवति गाउँपालिका वडा नं १ मा माओबादीका चन्द्रबहादुर मगर विजयी हुनुभएको छ ।

धादिकै थाक्रे गाउँपालिका वडा नं १ मा कांग्रेसका इन्द्रबहादुर थापा विजयी हुनुभएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका १ मा माओबादीका बलराम खड्का विजयी हुनुभएको छ भने सुर्खेतको ठूलीभेरी नगरपालिका १ मा राप्रपाका बागबहादुर महतारा विजयी हुनुभएको छ । सुर्खेतको गुर्वाकोट नगरपालिका वडा नम्बर १ मा लालबहादुर खाती मगरसहित एमाले प्यानलनै निर्वाचित हुनुभएको छ ।
यस्तै डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले पनि विजयको खाता खोलेको छ ।
रसुवाको पार्वतीकुण्ड ठाउँपालिका १ र उत्तरगया गाउँपालिका १ मा वडाअध्यक्षमा नयाँ शक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको छ ।
पार्वतीकुण्ड गाउँपालिका–१ मा नयाँ शक्तिका निमा दिण्डुप तामाङ विजयी हुनु भएको छ । निमा १ सय ४६ मत प्राप्त गरी विजयी हुनु भएको हो ।
यस्तै, उत्तरगया गाउँपालिका–१ बमबहादुर तामाङ विजयी हुनु भएको हो । उत्तरगया १ को महिला सदस्यमा पनि नयाँ शक्तिकै मञ्जु तामाङ विजयी हुनु भएको छ । मञ्जुले दुई सय ७१ मत ल्याउनु भएको छ ।
कमल थापा नेतृत्वको राप्रपाले पनि विजयी शुरुवात गरेको छ । डोल्पाको जगतुल्ला गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा लालबहादुर महतारा निर्वाचित हुनुभएको छ ।
जुम्लाको सिजा गाउँपालिका १ मा नेपाल मजदुर किसान पार्टीको प्यानलै विजयी भएको छ ।
जाजरकोटको शिवालय गाउँपालिका वडा नं २ मा पनि माओवादी केन्द्रका प्रेमवहादुर बस्नेतको प्यानल नै विजयी भएको छ ।
ललितपुर महानगरपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्मल तण्डुकारको प्यानलै बिजयी भएको छ । ललितपुर महानगरपालिकाको प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनले अग्रता लिइरहनुभएको छ । उहाँलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले पछ्याइरहनुभएको छ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा एमालेका उम्मेदवार सुरज गुरूङको प्यानल ६१२ मत सहितसहित विजयी भएको छ । निकटतम् प्रतिद्धन्दी नेपाली काङ्ग्रेसका उम्मेदवारले ४ सय ५९ मत प्राप्त गरेका छन् ।
उता जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ९ मा अध्यक्ष सहित कांग्रेसको प्यानल नै विजयी भएको छ ।
मनाङको दुई ठाउँमा एमालेले विजयी हासिल गरेको छ । मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ ।
एमालेका कान्छा घले ६ सय २७ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४ सय ६१ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६ सय ११ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्दी कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५ सय ४ मत प्राप्त गर्नुभएको छ ।
मनाङकै चामे गाउँपालिकामा पनि एमालेका डम्बरबहादुर घले बिजयी हुनुभएको छ । मनाङमा एमालेले चुनाव जितेको यो पहिलो पटक हो ।
मनाङको नासुङ गाउँपालिका अध्यक्षमा नेपाली कागं्रेसका चन्द्र घले विजयी हुनुभएको छ ।
मनाङको नार्फूमा पनि नेपाली कांग्रेसले निर्विरोध जितिसकेको छ ।
काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १२ को मत गणना सम्पन्न भएको छ । त्यहाँ माओवादी केन्द्रको प्यानल नै निर्वाचित भएका छन् । कुल मत ७ सय १७ रहेकोमा माओवादी केन्द्रले ३३९ मत प्राप्त गरि निर्वाचित भएको हो । निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसले २०१ मत प्राप्त गरेका छन् । १४ मत भने बदर भएको छ ।
ललितपुरको महांकाल नगरपालिका वडा नं ६ मा एमालेका वडाध्यक्ष उम्मेद्वार रामकृष्ण आचार्य ३६१ मत पाएर विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत पाउनुभएको छ ।
उता जाजरकोटको शिवालय गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका सबै उम्मेद्वार विजयी भएका छन् । वडा अध्यक्षमा माओवादी केन्द्रका मानबहादुर पुनले २ सय ६९ मत पाएर विजयी हुनुभएको हो ।
वडाको सदस्यमा रामसरी राना, भद्री दमाई, कृष्ण राना र चन्द्रबहादुर पुन विजयी हुनुभएको छ ।
काठमाडौंको कीर्तिपुर, चन्द्रगिरी, शंखरापुर, दक्षिणकाली लगायतका नगरपालिकामा पनि मतगणना जारी छ ।
माडी नगरपालिकाको वडा नम्बर ९ बाट मतगणना गरिएको छ । यसैगरी राप्ती नगरपालिकामा पनि मतगणना सुरु भएको छ । वडा नम्बर ४ र ५ बाट मतणना थालिएको हो । इच्छाकामना गाउँपालिकामा पनि मतगणना सुरुभएको छ ।
कालिका नगरपालिकामा भने चट्याङका कारण वडा नम्बर ११ का उम्मेदवारको मृत्यु भई नयां उम्मेदवार आएकाले २ गतेको मतदानपछि मात्रै मतगणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा चितवन जिल्लामा ७७ दशमलव ०३ प्रतिशत मतदान भएको छ ।

Comments

comments