धादिङ । धादिङको धुनीबेसी नगरपालिमा १ हजार ३ सय ५० मत गणना गर्दा नेकपा एमाले अग्रस्थानमा रहेको छ ।

एमालेबाट मेयरका उम्मेदवार बालकृष्ण आचार्यको ६ सय ३२ मत, उपमेयर निरु खरेलको ६ सय २० मत रहेको छ । त्यस्तै काँग्रेसबाट मेयरका उम्मेदवार माधवराज पाण्डेको २ सय ७२ मत, उपमेयर अप्सरा कोइरालाको २७४ मत , माओवादी केन्द्रबाट मेयरका उम्मेदवार दिपक लामिछानेको ४ सय २७ र उपमेयर साबित्री आचार्यको ४ सय ३५ मत रहेको छ । मतगणना जारी छ ।

Please follow and like us:

Comments