घरेलु तथा साना उद्योग विकास समितिको कार्यलय धनकुटा शाखामा आर्थिक वर्ष २०७१र७२ को पहिलो साउन महिनामा ३० वटा उद्योगहरु दर्ता भएका छन् ।

दर्ता हुने उद्योगहरुमा सबै भन्दा बढी कृषी तथा पशुपालन रहेका छन् । कार्यलयले दिएको जानकारी अनुसार कृषी तथा पशुपालनमा २१ वटा र होटल व्यवसायका ५ वटा उद्योग दर्ता भएको छ । यही गतिमा उद्योग दर्ता हुँदै गए चालु आर्थिक वर्षमा गएको वर्ष भन्दा बढी उद्योगहरु दर्ता हुने अनुमान कार्यलयले गरेको छ ।

साथै ४३ वटा उद्योगको नविकरण ५ वटाको पूँजी बृद्धी, वाणिज्य प्रशासन तर्फ ९ वटाको वाणिज्य फर्म दर्ता गरिएको छ । वाणिज्य फम दर्ता अन्र्तगत नै १३ वटाको नविकरण,७ वटाको पुँजी वृद्धी, र एउटा फर्म खारेजीमा परेको कार्यलयले जनाएको छ । उद्योग प्रशासन र वाणिज्य प्रशासन तर्फको कार्यवाट यो पहिलो महिनामा ३ लाख ३१ हजार ५ सय ८० रुपयाँ राजश्व संकलन भएको जनाईएको छ ।

Comments

comments