हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । १२ वटा वडा रहेको थाहामा आज विहान १ बजेबाट मत गणना शुरु भएको हो ।

थाहाको ५ नम्बर वडाको मतगणना शुरु भइरहेकोमा अहिलेसम्म आठसय मतगणना भएको छ । मतगणना अनुसार नगर प्रमुखका उमेद्वार विष्णु प्रसाद ढकालको ३ सय १७ मत पाएकाछन् भने उनका प्रतिद्वन्द्धी माओवादी केन्द्रका लवशेर विष्टले २ सय ५९ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी कल्पना बलामीले ३ सय ७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका खड्ग गोपालीले २ सय ८ मात्र मत प्राप्त गरेकाछन् । स्थानीय तह निर्वाचनका लागि थाहा नगरपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच गठबन्धन भएको थियो ।

Comments

comments