रसुवा । स्थानीय तह निर्वाचन अन्तर्गत रसुवा जिल्लामा सोमवार विहानबाट मतगणना सुरु गरिएको छ । जिल्लाको विभिन्न गाउँपालिकामा मतगणना जारी रहेको छ ।नौकुण्ड गाउँपालिकामा प्रारम्भिक गणनाअनुसार ३ सय मत गणना गरिएकोमा ४८ मत बदर भएको छ ।

प्रारम्भिक मतगणनाअनुसार, नेपाली काँगेस १५६ मत, नयाँ शक्ति, ६८ मत र नेकपा एमालेले २८ मत प्राप्त गरेका छन् । यस्तै, उत्तरगया गाउँपालिकामा ६ सय २ मत गणना गरिएकोमा नेकपा एमालेले  १७२, नयाँ शक्तिले १६४ र नेपाली काँग्रेसले नेपाली काँगेस १४८ मत प्राप्त गरेको छ ।

यसैगरी कालिका गाउँपालिकामा अहिले ४ सय मत गणना गरिएकोमा एमालेले अग्रता लिएको छ । एमालेले १२३, माओवादी केन्द्रले १२२ र काँग्रेसको ९८ मत प्राप्त भएको छ । यस्तै, पार्वती कुण्ड गाउँपालिकाको प्रारम्भिक गणनामा नयाँ शक्ति १५४ मत प्राप्त गरेको छ भने, माओवादी केन्द्रले ६० र एमालेले ५० मत प्राप्त गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments