काठमाडौं । स्पेनिस ला लिगा लिग अन्तर्गत आइतबार राति भएका खेलमा बार्सिलोनाले पालमसलाई ४–१ ले हरायो । बार्सिलोनको जितमा नेइमारले तीन तथा लुइस स्वारेजले एक गोल गरे । लास पालमसका लागि बिग्यासले एक गोल फर्काए ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको लिगको एक खेल बाँकी हुँदा ८७ अंक भएको छ ।

यस्तै दुई खेल बाँकी रहेको रियलको पनि समान ८७ अंक नै छ । गोल अन्तरका आधारमा रियल दोस्रो स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments