काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/०७५ को बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहका कार्यक्रमका लागि केन्द्रीत हुने भएको छ ।

स्थानीय तहबाट कार्यक्रम कार्यान्वयनका लागि धेरै बजेट माग भएकाले अर्थ मन्त्रालयले पनि त्यसै अनुसार बजेट बिनियोजनको तयारी गरेको छ ।

‘यो वर्ष प्रदेश गठन नभएकाले स्थानीय तह र केन्द्रीय स्तरबाट कार्यान्वयन गर्ने आयोजनाका लागि बजेट बिनियोजन हुन्छ’, अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसमध्ये करिब ४० प्रतिशत हिस्सा स्थानीय तहले ओगट्ने देखिएको छ ।’

यो वर्ष राष्ट्रिय योजना आयोगले ११ खर्ब ५६ अर्ब रुपैयाँको बजेट सिलिङ अर्थ मन्त्रालयलाई पठाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments