काठमाडौं । मतपत्र १ त्यसमा ३ सय ७४ फरक निर्वाचन चिह्न । काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका र विभिन्न नगरपालिकाहरुका लागि भएको निर्वाचनमा यति ठूलो मतपत्र बनाइयो कि मतदातालाई स–साना कोठाका चिह्न खोज्नै हम्मे पर्यो । आँखा तिरिमिरी भए ।

महानगरपालिकामा संसद्मा प्रतिनिधित्व गर्ने १७ दलगत र स्वतन्त्रका ३ सय ५७ गरी ३ सय ७४ निर्वाचन चिह्न थिए । वडा सदस्यमा दुई जनालाई मत दिनुपर्ने दलगततर्फ दुईवटा उही चिह्नसमेत थियो । छैटौं नम्बरको उक्त चिह्नलाई लिएर मतदाताले समस्या बेहोरे । सबैभन्दा बढी गुनासो यसमै रह्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments