काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितको टोली कागेश्वरी मनोहरा नगरपालिका कान्ति भैरव माविमा रहेको मतदान केन्द्रको अनुगमन गरेको छ ।

आयोगको पदाधिकारी सहितको टोलीले काठमाडौं उपत्यकाका प्रमुख मतदान केन्द्रको अनुगमन गरेको थियो । पानी परेपनि अनुगमनमा निस्कनु भएका प्रमुख आयुक्त यादवले निर्वाचन उत्सवका रुपमा अगाडि बढेको बताउनुभयो ।

उहाँले निर्वाचन सफल सभ्य र सफलतापूर्वक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भईरहेको बताउनुभयो ।
केही ठाँउ बाहेक तीनै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको र मतदाताको उपस्थिति उत्साहजनक रुपमा पाइएको भनाई प्रमुख आयुक्त यादवको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments