काठमाडौं । दोलखाको मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीच भएको झडप नियन्त्रण गर्न  प्रहरीले चलाएको गोली लागि  एकको मृत्यु भएको छ ।

मतदान सुरु भएसँगै तनाब ग्रस्त रहेको मतदान केन्द्रमा पटक पटक काँग्रेस एमाले कार्यकर्ता  बीच झडप भएको थियो । प्रहरीको गोली लागि काँग्रेसका कार्यकर्ताको नकुल भुजेलको मृत्यु भएको  हो  ।  मतपेटिका खोस्न आएको समूह प्रति लक्षित गरी प्रहरीले चलाएको गोली लागि भुजेलको मृत्यु भएको सहायक सिडिओ  यज्ञराज भट्टले जानकारी दिनुभयो  । मृत्युको खबर सँगै सदरमुकाम बाट सेनाको हेलिकोप्टर घटना स्थल तर्फ गएको भट्टले बताउनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments