मेलबर्न। अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

दिवंगत भएका र्याप गायक यम बुद्धको सम्झनामा विराज पुडासैनीको शब्द, संगीत तथा स्वरमा ‘यो दुनियाँ’ नामक गीत सार्वजनिक गरिएको हो । संगीत कर्मलाई निरन्तरता दिन लागेका बहुप्रतिभाशाली गायक पुडासैनीका थप नयाँ सिर्जनाहरु समेत बजारमा आउने क्रममा छन् ।

जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई सम्बोधन गरिएको गीतको म्युजिक भिडियोको निर्देशन सन्तोष खनालले गरेका हुन् । निर्देशक सन्तोष खनालकै फ्रेममा कैद भएको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।

आरएस इन्टरटेन्मेन्टको रेकर्डिंग तथा एम्स टि.भीको पोस्ट प्रोडक्सन रहेको ‘यो दुनियाँ’ नामक म्युजिक भिडियोलाई कडेल कन्सल्टेन्सीले बजारमा ल्याएको हो । कडेल कन्सल्टेन्सी विगत दश वर्ष देखि विदेश पढ्न जान चाहने विद्यार्थीहरुको सहयोगी रुपमा निरन्तर क्रियाशील छ । मूख्य कार्यालय अष्ट्रेलियाको मेलबर्नमा भएको यसका शाखाहरु काठमाडौं, मुम्बई, नयाँ दिल्ली, पन्जाब र पाकिस्तानको कराँचीमा रहेका छन्। हाल यसले आफ्नो कार्यक्षेत्र मलेसिया र फिलिपिन्समा समेत विस्तार गरेको छ ।

Comments

comments