काठमाडौं । नयाँ शक्ति पार्टी निकट मानिने अभिनेत्री करिश्मा मानन्धर स्थानीय तह निर्वाचनमा मतदान गर्नबाट बञ्चित भएकी छिन् । काठमाडौंमै जन्मेकी भएपनि विवाहपछि श्रीमान विनोद मानन्धरको पुर्खौली थलो सप्तरीबाट नागरिकता बनाएकी करिश्माको परिवारले काठमाडौंमा बसाइँसराइ समेत गरेका छन् । तर  श्रीमानको वेवास्ताका कारण आफू मताधिकारबाट बञ्चित हुनपरेको भन्दै करिश्माले गुनासो पोखेकी छिन् ।

सामाजिक सञ्जालमा लामो स्टाटस पोष्ट गर्दै करिश्माले आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न कुनै पहल नगरेको भन्दै पति विनोदप्रति आरोप लगाएकी छिन् । एकल निर्णयले परिवार नचल्ने जिकिर गर्दै करिश्माले आफूलाई पनि परिवारको महत्वपूर्ण सदस्यको रुपमा व्यवहार गर्न पति विनोदसँग आग्रह गरेकी छिन् ।

करिश्माको स्टाटस यस्तो छ:
सायद यो लेख्न हुदैनथ्यो .. तर हद भयो सहने हरेक कुरा त परिवार आफन्त र छोरीको लागि सहें । यसै पनि बिनोदजीको असाध्यै राम्रो मान्छे भन्ने इमेज छ । तर आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन मानेन । बिनोद ….

तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन् .. तिम्रो एकल निर्णयले हुदैन  । सबै कुरामा तिमीनै मालिक बन तर केही कुरा सहन सकिदैन । तिमीले हाम्रालागि गरेका कुरा हामीप्रतिको तिम्रो कृपा मान्नुपर्ने ?? म काठमाडौंको नागरिकता भएको मान्छे वहाँसंग विवाह गरेपछि सप्तरी राजबिराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो,म चुपो लागें । सायद श्रीमानको मन राख्नु पर्छ होला भनेर । तर यत्रो बर्ष भयो,वहाँले मेरो मतदाता परिचयपत्र बनाई दिनु भएन ।हामी लाजिम्पाट बस्छौं, आफ्नो र छोरीको बसाई सराई गरेर वहाँले मतदाता परिचयपत्र लिनु भएछ । तर वहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी सम्झिनु भएन । मैले वहाँलाई सोधें तर वस्ता गर्नु भएन .. म आफै गएर घन्टौं लाईन बसेर रजिस्ट्रर गरें । बसाई सराईको कागज पनि थिएन । त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराज को हूँ न म त्यहाँ कहिले बसेकीे छु । कसरी गएर मत दिने ? .. अरु सब कुरामा उ मेरो मलिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन ।

माफ गर विनोद तिमीले मलाई पनि आफ्नो परिवारको महत्वपूर्ण हिस्सा मान्नुपथ्र्यो । तर तिमीले त मलाई हलुंगो बनाइदियौ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments