काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । आजैबाट मत गणना सुरु गर्नुपर्ने दबाब आएपछि निर्वाचन आयोगले मतदान सकिए लगत्तै आज बेलुकीबाटै मतगणना सुरु गर्ने तयारी थालेको छ ।

मत गणना केन्द्रमा मतपेटिका पुर्याइए लगत्तै मत गणना सुरु हुने आयोगले जनाएको छ ।सम्भव हुने गाउँपालिका र नगरपालिकाहरुको मत गणना आजै बेलुकीबाट हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

मतगणनाका लागि निर्वाचन आयोगले ११ बुँदे निर्देशन जारी गरेको छ । काठमाडौं महानगरपालिका लगायतका नगरपालिकाहरुले पनि आजै बेलुकाबाट मतगणना गर्ने बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments