काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३४ जिल्लामा उत्साहजनकरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बिहान ११ बजेसम्ममा ४२ प्रतिशत मत खसेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी मनाङमा ४२ प्रतिशत मतदान भएको छ । कास्की र बाग्लुङमा ३५ प्रतिशत तथा स्याङ्जा र मुगुमा ३० प्रतिशत मतदान भएको छ । यस्तै रुकुममा २५ प्रतिशत मतदान भएको छ भने अन्य जिल्लमा सरदर २५ प्रतिशत मतदान भएको छ ।

२८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय तहमा मतदान हुँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments