काठमाडौं । कूटनीतिक समुदायले २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचन (संविधान जारी भएपछिको पहिलो स्थानीय तह) को सफलताका लागि शुभकामना दिएका छन् ।
राजनीतिक दलका नेता, पर्यवेक्षक टोली, सञ्चारकर्मी, विज्ञहरुसँग भेटघाट गरिरहेको कूटनीतिक समुदायले निर्वाचनले आफूहरुलाई खुसी तुल्याएको बताएको छ ।
कतिपय राजदूतले सार्वजनिक सञ्जालमार्फत निर्वाचनप्रति सद्भाव व्यक्त गरेका छन् ।
‘स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनका लागि शुभकामना छ,’ नेपालका लागि अमेरिकी राजदूत अलैन बी टेप्लिट्जले ट्वीट गरेकी छन्, ‘२० वर्षपछि जनताले अवसर पाएका छन् । लोकतन्त्रलाई वास्तविक खाकामा ल्याउन लोकतन्त्रलाई वास्तविक खाकामा ल्याउन तपाईंहरुको मत उपयोग गर्नुहोस् ।’
अधिकांश कूटनीतिक नियोगले सरकार र राजनीतिक दलहरुलाई पत्र लेखी निर्वाचनको शुभकामना दिएका छन् ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.