काठमाडौं । झण्डै दुई दशकपछि पहिलो चरण अन्तर्गत स्थानीय चुनावको मतदान आज हुँदै छ । मतदान बिहान ७ देखि ५ बजेसम्म हुने कार्यक्रम छ ।

यसपटकको स्थानीय तहको निर्वाचनले लोकतन्त्रको अभ्यास मूर्त रुप दिने अपेक्षा गरिएको छ ।

विगत १५ बर्ष यता कर्मचारीले स्थानीय तह चदाउँदा स्थानीय निकायमा भ्रष्टचार, जवाफदेहितामा कमजोर मात्र नभई लोकतन्त्रको जग नै कमजोर भएको जनताले अनुभूति गर्दै आएका छन् ।

यही अवस्थामा जनताले आज आफ्नो विशेष अधिकार प्रयोग गर्दै स्थानीय स्तरका लागि आफ्नो नेतृत्व चयन गर्दै छन् ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको गृहमन्त्रालयले प्रष्ट पारेको छ ।

मतदाता परिचयपत्र नभएकाहरुले पनि परिचय खुल्ने सरकारी कागजातको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।

आज पहिलो चरणमा तीनवटा प्रदेशका ३४ जिल्ला मातहत २८३ स्थानीय तहका ६ हजार ६४२ मतदान केन्द्रमा मतदान हुँदैछन् । क्त निर्वाचनबाट १८६ गाउँपालिकाका अध्यक्ष, १८६ उपाध्यक्ष, ९७ नगरपालिकाका प्रमुख, ९७ उपप्रमुख र दुई हजार ५९८ वडा अध्यक्ष, दुई हजार ५९८ वडा सदस्य, दुई हजार ५९८ महिला वडा सदस्य र दुई हजार ५९८ दलित महिला वडा सदस्य, दुई पद वडासदस्यका लागि पाँच हजार १५६ सहित १३ हजार ५५६ समावेशी जनप्रतिनिधिको चयन हुनेछ ।

निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार छन्, जसमा नौ हजार ८३ महिला वडा सदस्य र सात हजार ५२६ दलित महिला वडा सदस्यको उम्मेदवारी छ ।

रेकर्डमा स्थानीय निर्वाचन:

पहिलो : २००४ जेष्ठ २९ गते (काठमाडौं म्युनिसिपाटीको निर्वाचन)

दोस्रो : २००९ भदौ २९ गदे (ललितपुर नगरपालिकाको निर्वाचन)

तेस्रो : २००९ असोज २६ गते (भक्तपुर नरपालिकाको निर्वाचन)

चौथौ : २०१० भदौ १७ गते (काठमाडौं नगारपालिकाको निर्वाचन)

पाँचौ : २०१४ माघ ७ गते (काठमाडौं नगरपालिका निर्वाचन)

छैठौं : २०१८ चैत ७ गते (गाउँ पञ्चायतको निर्वाचन)

सातौं : २०१९ साल (नागरपञ्चायतको निर्वाचन)

आठौं : २०२० साल (गाउँपञ्चायतको निर्वाचन)

नवौं : २०३२ साल (गाउँ, नगर र जिल्ला पञ्चायतको निर्वाचन)

दशौं : २०३९ साल (गाउँ र नगर पञ्चायतको निर्वाचन)

एघारौं : २०४३ सला (गाउँ र नगरपञ्चायतको निर्वाचन )

वाह्रौं : २०४९ साल (गाउँ र नगरापालिकोको निर्वाचन)

चौंधौं : २०२ (तत्कालिन राजा ज्ञानेन्द्रको नगर निर्वाचन)

Please follow and like us:

Comments