काठमाडौं । चर्चित गीत ‘साइँली’ पछि काली प्रसाद बास्कोटाको शब्द तथा संगीतमा ‘तिलहरी’ नामक गीत सार्वजनिक भएको छ । अघिल्लो गीत साइँलीमा जस्तै यस गीतमा पनि उनले नेपाली समाजमा बढ्दै गइरहेको वैदेशिक रोजगारी, सपना र परिवारसंग बिछोडको कुरा उठाएका छन् ।

मनिष ढकालको स्वर रहेको यस गीतको म्युजिक भिडियोमा रेशम फिलिलीका कलाकार कामेश्वर चौरासिया र नाटक क्षेत्रबाट फिल्म क्षेत्रमा प्रवेश गर्दै गरेकी लक्ष्मी बर्देवाको अभिनय रहेको छ । गीतको संयोजन पक्षमा रिकेश गुरुङ र प्रदीप जोशी रहेका छन् ।

गीत अनुसार उत्कृष्ट बनेको यस म्युजिक भिडियोको निर्देशन निकेश खड्का तथा सम्पादन निशान घिमिरेले गरेका हुन् भने क्यामरामा उत्सव ढकाल रहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments