काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आइतबार हुन गैरहेको स्थानीय तहको निर्वाचन सफल बनाउन आहृवान गर्नुभएको छ ।

शनिबार मतदाताको नाममा जारीे सन्देशमा निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन आहृवान गरिएको छ । राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ ।’

यो निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक सम्वृद्धिको ढोका खोल्ने विश्वास आफूलाई रहेको पनि सन्देशमा उल्लेख छ । राष्ट्रपतिले उत्साह र उमंगका साथ निर्वाचनमा सहभागी भई संविधान प्रदत्त वालिग मताधिकार प्रयोग गर्न पनि सम्पूर्ण मतदाताहरुलाई अपील गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी गत शुक्रबार मात्र पाँच दिने थाल्याण्ड र श्रीलंका भ्रमणमा जानुभएको छ  ।

Comments