रामेछाप । जिल्लामा विभिन्न पार्टीका कार्यकर्ताबीच छुट्टछुट्टै स्थानमा झडप हुँदा ७ जना घाइते भएका छन् ।  घट्नामा संलग्न ३६ जनालाई प्रहरीले नियन्त्रणम लिएको छ । दोरम्बा गाउँपालिका वडा नं. ४ गौश्वारको भञ्ज्याङमा एमालेका कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका ७ जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते मध्ये तुलबहादुर थापा, हिराबहादुर थापा र जितबहादुर थापामगर गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि शनिबार बिहानै हेलिकप्टर मार्फत काठमाडौं पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । घट्नामा संलग्नहरुलाई नियन्त्रणमा लिएको प्रजिअ खत्रीले बताउनुभयो । शुक्रबार राति सुतिरहेको अवस्थामा एमाले कार्यकर्ताले खुकुरी र लाठी प्रहार गरि आफ्नो कार्यकर्तालाई घाइते बनाएको माओवादी केन्द्रको आरोप छ । थप घटना हुन नदिन त्यस क्षेत्रमा ठूलो परिणाममा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचान गरिएको पनि प्रजिअ खत्रीले जानकारी दिनुभयो ।

त्यसैगरी मन्थली नपा–११ गेलुमा पनि एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । यता मन्थली नगरपालिका–६ भलुवाजोरमा मौन समयमा आचरसंहिता उल्लंघन गरेर भोट माग्दै हिडेको अवस्थामा  काँग्रेस र एमालेका १७ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments