काठमाडौं । भारतीय संचार माध्यमहरुका अनुसार सोनाम कपूरले आफ्नो जोडी भेट्टाएकी छिन् । संचार माध्यमहरुमा सोनाम कपूरको नाम आनन्द आहुजा संग जोडेर लिन थालिएको हो।

सोनाम र आनन्दलाई धरै पटक क्यामेरामा कैद गरिएको छ भने आनन्द सोनमको परिवारका सदस्यसँग पनि धेरै पटक देखिसकेका छन् । अब खबरकाअनुसार, सोनम र आनन्दले चाँडै इन्गेजमेन्ट गर्न सक्ने बताइएको छ ।

सोनाम र आनन्दले संचार माध्यमहरुमा आईरहेको खबर बारे केही टिप्पणी गरेका छैनन् भने आफ्नो सम्बन्धका बारेमा पनि हाल सम्म बोलेका छैनन् । उनीहरु धेरैजसो सँगसँगै देखिनुले सम्बन्धलाई स्पष्टता दिइरहेको बताइन्छ। चलचित्र “निरजा” मा निर्वाह गरेको भूमिकाको लागि सोनामले राष्ट्रिय अवार्ड पाउँदा पनि आनन्द उनि संगै देखिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments