भारत । विश्व स्वास्थ्य संगठनले भारतिय सिने जगतका महानायक अमिताभ वच्चनलाई शुक्रवार दक्षिण पूर्वी  एशियाका लागि  ‘हेपाटाइटिस बी’ बिरुद्धको अभियानका सद्भावना राजदुत नियुक्त गरेको छ। विश्व स्वास्थ्य संगठनले प्रेस बिज्ञप्ती जारी गर्दै ’हेपाटाइटिस बी’ बिरुद्धको सचेतना र यसको महामारी बिरुद्ध लड्न यसले मद्दत पुग्ने विश्वास रहेको जनाएको छ ।

‘म यसको पीडासँग अवगत छु। तसर्थ यस अभियान प्रति पुर्ण प्रतिबद्ध छु’, विश्व स्वास्थ्य संगठनद्वारा आयोजित कार्यक्रममा महानायकले भने । विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय प्रमुख डा. पुनम क्षेत्रपाल सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै हेपाटाइटिस व्यक्तिको मृत्युदरसंग मात्र नभएर समग्रमा यसक्षेत्रको बिकासमा पनि अबरोधका रुपमा रहेको जानकारी दिइन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण पूर्वी एशियामा मात्रै  उत्पादनशील उमेर समुहका करिब ४,१०,००० मानिसहरु वार्षिक रुपमा हेपाटाइटिसका कारण मर्ने गरेका छन्। यही रोगका कारण नौ करोड मानिसहरु प्रभावित भएका र लिभर क्यान्सरको जोखिममा रहेका छन्। यो रोग निवारण खासै जटिल नहुँदा पनि यस्तो स्थिति रहनु दुर्भाग्यपूर्ण भएको पनि बिज्ञप्तीमा जनाइएको छ ।

भारतिय स्वास्थ्य मन्त्री जे पि नन्दाले उक्त अवसरमा भिडियो सन्देश दिँदै विश्व स्वास्थ्य संगठन र महानायकलाई बधाई दिए। उनले भने, ‘कुनै सांस्कृतिक, धार्मिक वा जातिय अवरोध बिना सबैले सुन्ने आवाज हो वच्चन, जुन हामीले पोलियो बिरुद्धको अभियानमा देखिसकेका छौं। त्यसैले यो कार्य सह्रानिय छ ।’

सद्भावना राजदुतका रुपमा वच्चनले जनचेतना जगाउने, रोगको पहिचानकालागि प्रेरित गर्ने  र  समयमा उपचार गराउन उत्प्रेरित गर्ने काममा सहयोग गर्नेछन् । बच्चाको जन्म पछि दिने खोपका बारेमा, खानपिन तथा पानीको राम्रो ख्याल गरेमा हेपाटाइटिस बाट सजिलै वचन सकिन्छ । ’वच्चनको सहयोगले २०३० सम्म हेपाटाइटिस निर्मुल गर्ने विश्व स्वास्थ्य संगठनको प्रयासलाई मद्दतले पुग्नेछ,’ डा. सिंहले भनिन्।

वच्चनको विश्व स्वास्थ्य संगठनसंगको यो पहिलो अनुभव हो। यो भन्दा पहिले युनिसेफको पोलियो बिरोधि अभियान, खोप र स्वच्छ भारत अभियानका समेत सद्भावना राजदुत रहिसकेका छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments