मेलबर्न । ४५७ भिसा र नागरिकताको कडाइपछि अष्ट्रेलियन सरकारले भिसा शुल्कमा भारी वृद्धि गरेको छ ।

प्रधानमन्त्री माल्कम टर्नबुल सरकारले आगामी जुलाई एक तारिखदेखि लागू हुने गरी आफ्नो भिसा शुल्कमा बृद्धि गरेको हो ।

विद्यार्थीको भिसा शुल्क ५ सय १० बाट बढाएर ५ सय ६० बनाइएको छ भने डिपेन्डेन्टको भिसा फीमा ४ सय १० बाट ४ सय २० डलर बनाइएको छ । हरेक भिसामा औसतमा दश बिस रुपैयाको बृद्धि देखिए पनि अन्तर्राष्ट्रिय बिद्यार्थी भने मारमा पर्ने देखिएको छ । रिजनल स्पोन्सर भिसा शुल्क पनि बढाएर ६ सय ७० डलर बनाइएको छ । यसअघि तीन हजार ६ सय डलर शुल्क लाग्थ्यो । यस्तै पार्टनर भिसामा पनि पैतिस डलरको बृद्धि गरिएको छ ।

टर्नबुल सरकारले प्यारेन्टस भिसाका लागि समेत नयाँ र फरक खाले शुल्कको ब्यवस्था गरेको छ । आगामी नोभेम्बर महिनादेखि लागूहुने गरि ल्याइएको यो नीतिमा बाबु आमालाई तीन वर्ष राख्न पाँच हजार डलर र पाँच वर्ष राख्न दश हजार डलर शुल्क तोकिने भएको छ । फेरि राख्न मन भएकाहरुका लागि यतैबाट पैसा तिरेर नविकरण समेत गर्न सकिने व्यवस्था गरिएको छ । साथै अभिभावकको सम्पूर्ण स्वास्थ बिमा पनि आफैं गर्नुपर्ने हुन्छ ।

यस्तै बिदेशी कामदारको हकमा र कामदार लेबीमा समेत बृद्धि गरिएको छ ।

सरकारका कोषाध्यक्ष स्कट मोरिसनले आगामी चार वर्षमा भिसा शुल्कको कारण राज्यलाई चार सय १० मिलियन डलर नाफा हुने बताएका छन् । प्रत्येक भिसामा पाँचदेखि ८० डलरसम्मको बृद्धिले राज्यलाई निकै ठूलो फाइदा पुग्ने मोरिसनले बताए ।

Comments

comments