काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्लीले राइजिङ पुणे सुपर जायन्टलाई ७ रनले हराएको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनमात्र बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १ सय ६८ रन बनायो । उसका लागि करुण नायरले ६४ तथा ऋसब पन्तले ३६ रन बनाए ।

दिल्ली १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । १३ खेलबाट १६ अंक जोडेको पुणे तेस्रो स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments